नियम ३९
नेपाल व्यवसाय मञ्चको काम, कर्तव्य र अधिकार
ऐनको दफा हद को उपदफा (१). मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त नेपाल व्यवसाय मञ्चको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) देशको औच्योगिक, आर्थिक, मौद्रिक, वाणिज्य, निकासी तथा पैठारी र संस्थागत सुशासनका क्षेत्रमा नीतिगत सुधारका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,

(ख) मुलुकको औचोगिक तथा व्यावसायिक विकास सम्बन्धी समष्टिगत र क्षेत्रगत नीति समिक्षा गर्ने तथा सैद्धान्तिक विषयमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बद्ध निकायलाई मार्गदर्शन गर्ने, (ग) मुलुकमा आन्तरिक तथा विदेशी लगानी प्रवर्दधनदका लागि सबल र सहयोगी वातावरण निर्माण गर्न सम्बन्धित सरोकारवालाको सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने,

(घ) सार्वजनिक-निजी संवाद र सहकार्यमार्फत संस्थागत तथा व्यवस्थापकीय सुधारका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,

(ङ) श्रम सम्बन्धको सम्बन्धमा नीतिगत सुधार गर्न नेपाल सरकारलाई सिफारिस गर्ने।